मंगलबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     फागुन ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा नै कारोबार भएको थियो ।