प्रि ओपन सेसन : नेप्सेमा ०.०३ अंककाे गिरावट

-



     सफल आवाज    
     फागुन ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ फागुन । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली सेयर बजारमा नकारात्मक लय देखिएकाे छ । यसदिन नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से पिरसूचक ०.०३ अंकले घटेको छ ।

यसरी घटेकाे नेप्से परिसूचक २०३४.७८ विन्दुमा झरेको छ । याे अवधिमा रूपैयाँ ५ लाख १० हजार रुपैयाँ बढीको कारोबार भएको छ । ३१ कम्पनीको ९ सय ५७ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ । 

नेप्सेका अनुसार यस सेसनमा ४५ वटा कम्पनीहरूकाे सेयर कारोबार भएको छ। उनीहरूमा १३ वटा कम्पनीहरूको सेयरमूल्य बढेकाे छ । १५ वटाको मूल्य घटेको छ । अन्यकाे मूल्यमा फेरबदल भएकाे छैन्।