फरक क्षमता भएका व्यक्तिका लागि विशेष काउन्टर तथा एटिएमकाे ब्यवस्था गर्न बैंकहरुलाई राष्ट्र बैंककाे निर्देशन

-



     सफल आवाज    
     फागुन ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ फागुन । फरक क्षमता (अपाङ्ग) भएका व्यक्तिका लागि विशेष काउन्टर र एटिएमकाे ब्यवस्था गर्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएकाे छ । यस्ता व्यक्तिहरुलाई विशेष काउन्टर तोक्नुपर्ने नियम नै रहेको भन्दै राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर याे निर्देशन दिएकाे हाे ।

स्थाीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा १ शाखा र एटीएम लाउञ्ज भएका स्थानमा १ वटा एटीएम अपाङ्गमैत्री बनाउनुपर्ने जारी सूचनामा भनिएको छ।

अपाङ्गता भएका व्यक्तिलाई एटीएम, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयमले उपयोग गर्न सक्षम रहेको एकिन गरेर उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न समेत निर्देशन दिएकाे छ ।