‘एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रम’का लागि उपाध्यक्ष श्रेष्ठकाे टाेली बैंकक प्रस्थान

-



     सफल आवाज    
     फागुन ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ ।

एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो ।

उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायत रहेका छन ।

बैंकक स्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा फ्रेवुअरी २० देखि २३सम्म संचालन हुने कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा समेत हुने बताइएकाे छ ।