बिभिन्न विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार सम्मानित

-



     सफल आवाज    
     फागुन ८ गते २०८० मा प्रकाशित



काठमाडाैं, ८ फागुन। कलेज रिडर्सले बिभिन्न विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारहरूलाइ सम्मान गरेकाे छ। काठमाण्डौंमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिनाले उत्कृष्ट उपकुलपति तथा रजिष्ट्रारहरुलाई नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मान तथा अवार्ड गरेका थिए ।

मुल्यांकन समिति प्रमुख प्रा डा भीमप्रसाद सुवेदीको सिफारिसमा उक्त सम्मान तथा अवार्ड प्रदान गरिएको थियाे । कलेज रिडर्सका संरक्षक भवानीप्रसाद पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । साे अवसरमा कलेज रिडर्सका प्रमुख कार्यकारी अधिकृत जितेन्द्र घिमिरेले कार्यक्रम प्रस्तुत गरेका थिए ।

वर्षको उत्कृष्ट उपकुलपतिमा मध्यपश्चिम विश्वविद्यालयका प्रा.डा. नन्दबहादुर सिंह सम्मानित भएका थिए । त्यस्तै वर्ष उत्कृष्ट रजिष्ट्रारमा डा तिलकराम आचार्य, रजिष्ट्रार, लुम्बिनी बौद्ध विश्वविद्यालय, प्रोमिसिङ भाइस चान्सलर अफ दि इयरमा प्रा . डा . भोला थापा, उपकुलपति, काठमाडौं विश्वविद्यालय र प्रोमिसिङ रजिष्ट्रार अफ दि इयरबाट प्रा.डा.दीपकबहादुर भण्डारी, रजिष्ट्रार, पोखरा विश्वविद्यालय सम्मानित भए ।

उपकुलपति र रजिष्ट्रारहरूको सम्मान तथा अवार्डका लागि विश्वविद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीको अध्यक्षतामा निर्मित मुल्यांकन समितिले निश्चित मापदण्ड निर्धारण गरी सम्मान तथा अवार्डका लागि सिफारिस गरेको थियो ।