नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

- हिमालयन रि इन्स्योरेन्सको कारोबार अब्बल

-



     सफल आवाज    
     फागुन ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार नकारात्मक लयमा देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा झरेको छ । नेप्सेमा ०.०८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८८ अंकले घटेर ३६४.३२ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३१४ कम्पनीहरुको सेयर खरिद बिक्री भएको छ ।

उनीहरुको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयरको खरिद बिक्रीबाट ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँ ४३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ३१ करोड ७३ लाख ७० हजार ९९८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स (नेपाल) बालाजु लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।