सुनकाे भाउ ४ सयले बृद्धि, चाँदी पनि बढ्यो

-



     सफल आवाज    
     फागुन ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जानकारी गराएको छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।