नेप्सेमा ६.४६ अंकको गिरावट, २ अर्ब २४ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा गिरावट भएको छ । कारोबार रकम पनि उल्लेख्य रूपमा बढ्न सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा झरेको छ । नेप्सेमा ०.३१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.२४ अंकले घटेर ३६३.०७ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये एउटा बाहेक सबैमा रातो लागेको छ । यसदिन उत्पादन समूहमा मात्रै हरियो लागेको छ । कुल ३१३ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको ६३ लाख ४१ हजार १७४ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ११ करोड १२ लाख २८ हजार ५६९ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी बोठलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ ।