सामुदायिक र बीपीडब्लु लघुवित्तले पाए मर्जरकाे स्वीकृति

-



     सफल आवाज    
     फागुन १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० फागुन । सामुदायिक लघुवित्त वित्तीय संस्था र बीपीडब्लुबीच मर्जर गर्नका लागि सेबाेनले अन्तिम स्वीकृति दिएकाे छ ।

नेपाल धितोपत्र बोर्डबोर्डले बुधबार उनीहरुलाई मर्जरका लागि अनुमति दिएको हो । नेपाल राष्ट्र बैंकले दुबै वित्तीय संस्थाहरुलाई गएकाे माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । 

दुबै संस्थाबीच मर्जर भएपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट वित्तीय कारोबार शुरु हुने भएकाे छ ।  दुबै लघुवित्त १ः०.८५३५ काे सेयर स्वाप रेसियाेमा मर्जर हुनेछ। 

सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने जनाइएकाे छ । मर्जरका लागि दुबै मर्जरपछि दुबै लघुवित्तले गएकाे कात्तिक २ गते अन्तिम सम्झौता गरेका थिए ।

उनीहरुकाे असोज ३० गते बसेकाे विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव अनुमाेदन गरेका थिए ।