बिहिबार अमेरिकी डलर र यूरोको भाउ बढ्याे

-



     सफल आवाज    
     फागुन १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ४६ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ६ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४३ रुपैयाँ र बिक्रीदर १ सय ४३ रुपैयाँ ६५ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६७ रुपैयाँ ३ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ ७८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५० रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ८ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९८ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः