यी दुई कम्पनीकाे लाभांश आजसम्म सुरक्षित गर्न सकिने

-



     सफल आवाज    
     फागुन १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० फागुन । सिद्धार्थ प्रिमियर इन्स्याेरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सले फागुन ११ गते शुक्रबार साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने जनाएकाे। यस्तै स्वरोजगार लघुवित्तले साधारण सभाकै प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने भएकाे छ ।

सेयर काराेबार साताकाे बिहिबारसम्म मात्रै हुने भएकाेले फागुन ११ गते शुक्रबार र १२ गते शनिवारकाे बिदा परेकाेले दुबैकाे लभांश पाउनका लािग सेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सले गत वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश दिने भएकाे छ । लाभांश पारित गर्नका लागि फागुन ३० गते सधारण सभा डाकिएकाे । सभा लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।

उता स्वरोजगार लघुवित्तले गत वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस सेयर दिने भएकाे छ । साथै कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांशसहित ७.३६८ प्रतिशत लाभांश दिनेछ ।

संस्थाकाे साधारण सभा फागुन २६ गते डाकिएकाे छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान साढे ११ः३० बजे बाेलाइएकाे छ ।