नेप्सेमा २०.७६ अंकको गिरावट, ३ अर्ब २० करोडको कारोबार

-



     सफल आवाज    
     फागुन १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० फागुन । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा झरेको छ । नेप्सेमा १.०२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.४९ अंकले घटेर ३५९.५७ विन्दुमा रहेको छ ।

१३ उसमूहहरुमध्ये दुईवटामा मात्रै हरियो लागेको छ । बाँकी ११ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३०९ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ९५ लाख १८ हजार ७५ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारामा सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १४ करोड ८७ लाख ९७ हजार १७८ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ७.६० प्रतिशतले बटेको छ ।