नेरुडे र निर्धन उत्थान लघुवित्तको साधारण सभा आज

-



     सफल आवाज    
     फागुन ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ फागुन । आज दुईवटा लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा डाकिएकाे छ । नेरुडे लघुवित्त र निर्धन उत्थान लघुवित्तको साधारण सभा आज डाकिएकाे हाे ।

नेरुडेको साधारण सभा उद्योग संगठन मोरङको सभा हल, विराटनगर–२ मा पूर्वान्ह ११ बजेबाट बाेलाइएकाे छ । सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरिने भएकाे छ । सभामा लाभांश वितरणकाे एजेण्डा भने छैन । 

सभामा अन्य कुनै लघुवित्तसँग गाभ्ने वा गाभिने लगायतका कार्य गर्नु परेमा त्यसकाे अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । नेरुडे लघुवित्त र मिर्मिरेबीच मर्जरमा जाने प्रक्रियामा जाने अन्तिम तयारी भइरहेकाे छ ।

उता, निर्धन उत्थान लघुवित्तको साधारण सभा संस्थाको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ । यस कम्पनीकाे सभामा पनि लाभांशकाे प्रस्ताव पेश नगरिने भएकाे छ । 

सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको छ । गत वर्षमा २० प्रतिशत लाभांश वितरण गरिएकाे थियो । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका जिम्मेवारी सञ्चालक समितिलाई दिने लागायतका एजेण्डाहरु रहेका छन्।