घूस लिएको अभियोगमा अख्तियारद्वारा नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध मुद्दा दायर

-



     सफल आवाज    
     फागुन ११ गते २०८० मा प्रकाशित



काठमाडौँ, ११ फागुन । सेवाग्राहीसँग घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेकाे छ। आयोगले सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित ५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हाे।

उनिहरूलाइ जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख ५० हजार बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको थियो ।

आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध २ लाख ५० हजार बराबरको बिगो दाबी गरेको छ । त्यसैगरी, आयोगले विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध पनि मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन ।