सन नेपाल लाइफ इन्स्योरेन्सले गर्याे लाभांश घोषणा

-



     सफल आवाज    
     फागुन १३ गते २०८० मा प्रकाशित



काठमाडाैं, १३ फागुन । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरणकाे घोषणा गरेको छ । कम्पजीले गएकाे आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरण गर्ने घोषणा गरेको हाे।

कम्पनीकाे हाल कायम रहेकाे चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस सेयर वितरण गरिने भएकाे छ । साथै त्यसकाे कर प्रयोजनका लागि रूपैयाँ ४ करोड ८४ हजार २११ बराबरको नगद लाभांश वितरण गर्ने भएकाे छ ।

इन्स्योरेन्सका अनुसार बोनस सेयर वितरण गरेपछि २७ प्रतिशतकाे दरले हकप्रद सेयर खुलाइने भएकाे छ । सञ्चालक समितिको फागुन ११ गते बसेको बैठकले लाभांश वितरण तथा हकप्रद ुखलाउने निर्णय गरेको हो।

कम्पनीले लाभांश वितरण र हकप्रद सेयर नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लभांशकाे वितरण गर्नेछ । साथै लगत्तै हकप्रद सेयर जारी गरिने भएकाे छ ।