आईतबार सुनचाँदी दुबैको भाउ बढ्यो

-



     सफल आवाज    
     फागुन १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ५ ले भाउ बढेको हो ।

छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।