नेप्सेमा २६.८१ अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

- सन नेपाल लाइफको कारोबार अब्बल

-



     सफल आवाज    
     फागुन १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ फागुन । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ विन्दुमा झरेको छ । नेप्सेमा १.३३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.७४ अंकले घटेर ३५३.८३ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१७ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको ८५ लाख ४६ हजार ९३० कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँ ५१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको २५ करोड १८ लाख १२ हजार २४२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।