मिर्मिरे लघुवित्तकाे साधारण सभा आज, लाभांश प्रस्ताव छैन

-



     सफल आवाज    
     फागुन १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ फागुन । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साधारणा सभा आज काभ्रेकाे धुलिखेलमा बस्दैछ । साधारणा सभा होटल सारथी, धुलिखेल नगरपालिका वडा–७ मा पूर्वान्ह ११ बजे डाकिएकाे छ । 

संस्थाको साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरूमाथि छलफल गरिने भएकाे छ । 

सभाबाट आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेकिने भएकाे छ । यस्तै संस्थापक समूहबाट ४ जना र साधारणतर्फ २ जना सञ्चालकहरू चयन गरिने भएकाे छ । सभामा संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने लगायतका विषयमासमेत छलफल हुने भएकाे छ । 

संस्थाकाे प्रबन्धपत्र र नियमावली संशोधनका लागि त्यसकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेकाे छ । सभाकाे प्रयोजनका संस्थाले फागुन ४ गते बुक क्लोज गरकाे थियाे ।

लगानीकर्ताहरूले फागुन ३ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्र साधारणा सभाका लागि याेग्य मानिनेछन् ।

सभामा लाभांशकाे प्रस्ताव भने छैन । राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गर्न निर्देशन गरेपछि संस्थाले उक्त प्रस्ताव रद्द गरेकोले सेयरधनीहरूको हात खाली हुनेछ ।