नेप्सेमा १३.२८ अंकको बृद्धि, २ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     फागुन १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ फागुन । साताको सेयर कारोबार हुने हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.१४ अंकले बढेर ३५५.९७ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्येमा तीन वटामा मात्रै रातोको लागेको छ । बाँकी रहेका १० वता उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३१४ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयरको कारोबार भएको छ । यसबाट २ अर्ब १७ करोड ७ लाख ३९ हजार ६० रुपैयाँ ६८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ९ करोड ७१ लाख ८० हजार २२९ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेकोा छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।