सर्वोत्तम सिमेन्टको आइपीओमा २ दिनमै ८ अर्बकाे आवेदन

-



     सफल आवाज    
     फागुन १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ फागुन । सर्वोत्तम सिमेन्टको सेयर आइपीओमा साेमबार दोस्रो दिनसम्म ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार ४ लाख ७ हजार ७११ जना लगानीकर्ताले २ करोड २२ लाख २३० कित्ताका लागि आवेदन पेश गरेका छन् । 

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत पहिलो पटक सर्वसाधारणका लागि आइतबार २७ लाख ७६ हजार ७६ कित्ता सेयर खुलाएकाे थियाे ।

सेयर खुलेकाे पहिलाे दिनमै मागभन्दा बढी आवेदन परेकाेमा दाेश्राे दिनसम्म आउँदा याे मागभन्दा ८ गुणा बढी आवेदन देखिएकाे छ ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँड गरिसकेकाे छ । 

कम्पनीले बुक बिल्डिङ मार्फत् प्रतिकित्ता ३६०.९० रुपैयाँमा सेयर खुलाएकाे हो । सेयरमा फागुन १६ गतेसम्म आवेदन दिन पाएनेछ ।

सेयर भर्न चाहने लगानीकर्ताले सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले घटीमा ५० र बढीमा १० हजार कित्ता माग गर्न पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।