मंगलबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     फागुन १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । सोमबार पनि छापावाल सुन तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको तेजाबी सुन तोलाको १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।