कर्जा दुरूपयाेगको आरोपमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

-



     सफल आवाज    
     फागुन १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ फागुन। प्रभु बैंक लिमिटेडका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । प्रहरीले उनलाई अाज मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका न्यौपानेमाथि तत्कालिन सेञ्चुरी कमर्सीयल बैंकमा सीईओ छँदा कमसल धितो राखेर कर्जा प्रवाह गरेको आरोप छ ।

(पक्राउ परेका डेपुटी सीईओ न्यौपाने)

न्यौपानेसँगै सेञ्चुरीका तत्कालिन सीईओ तुल्सीराम गौतम समेत पक्राउ परेका छन् । याे घटनामा ११ जना पक्राउ परिसकेका छन । पक्राउ पर्ने अन्यमा प्रभु बैंकका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी लगायत छन् । थप केहीको प्रहरीले खोजी गरिरहेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानका क्रममा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेले ३ वटा कम्पनीलाई कमसल धितोमा अत्यधिक कर्जा प्रवाह गरेको फाइल भेटिएपछि उनलाइ प्रकाउ गरिएकाे प्रहरीकाे भनाइ छ।

पक्राउ परेका न्याैपाने २०७८ असारबाट सेञ्चुरी कमर्सीयल बैंककाे सीईओ बनेका थिए। प्रभु बैंकमा हाल डेपुटी सीईओकाे जिम्मेवारीमा रहेका न्यौपाने पुर्व प्रधानमन्त्री माधव नेपालका सहाेदर भान्जा हुन।

पक्राउ परेकाहरुविरुद्ध नेपाल राष्ट्र बैंक ऐन विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने केन्द्रीय अनुसन्धान ब्यूरोले बताएकाे छ ।