नेप्से २००१.६४ विन्दुमा उक्लियो, १ अर्ब ८६ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सकारात्मक माहोल देखिएको छ ।

नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ । कारोबार रकम भने अन्य दिनको तुलनामा न्युन भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेपरिसूचक ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.११ अंकले बढेर ३५७.०९ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटामा हरियो लागेको छ । यसदिन कुल ३०८ कम्पनीहरुको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँ २१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको १४ करोड १९ लाख ६२ हजार ६९० रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य बढेको छ। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.०६ प्रतिशतले घटेको छ ।