मर्जरकाे प्रस्ताव पारित गर्न किसान लघुवित्त र जाल्पा सामुदायिकले चैत ९ मा साधारण सभा बाेलाए

-



     सफल आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ फागुन । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्तले चैत ९ गते साधारण सभा डाकेका छन् । दुबै संस्थाले मर्जरकाे प्रस्ताव पारित गर्नका लागि चैत ९ गते साधारण सभा डाकेका हुन्।

किसान लघुवित्तको साधारण सभा ताज प्यालेस, गल्फुटार, काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । जाल्पाकाे साधारण सभा दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजे डाकिएकाे छ ।

दुबै संस्थाकाे साधारणा सभामा आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश वितरणकाे प्रस्ताव पेस नहुने बताइएकाे छ । 

सभामा जाल्पा सामुदायिक र किसान लघुवित्तकाे मर्जरका लागि तयार भएकाे प्रतिवेदन पेश हुनेछ । दुवैको सभाले १ बराबर ०.८८३४ सेयर स्वाप रेसियाेमा मर्जरमा जाने प्रस्ताव अनुमाेदन गर्नेछन्।

साधारणा सभाकाे प्रयोजनका लागि किसान लघुवित्तकाे चैतकाे १ गते बुक क्लोज गरिने बताएकाे छ । जाल्पा लघुवित्तकाे बुक क्लोज फागुन २४ गते गरिने भएकाे छ ।