आज सुनको भाउ १ सयले घट्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ ।

छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा १ सयले घटेर तोलाको १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ३ स य ७५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।