प्रभु बैंकका डिसिईओ पक्राउको विषयमा बैंकर्स संघले गर्याे यस्ताे निर्णय

-



     सफल आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ फागुन । प्रभु बैंकका डिसिईओ पक्राउको विषयमा छलफल गर्न नेपाल बैंकर्स संघको बैठक बसेकाे छ। न्यौपानेसहित ११ जनालाई प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोले हिजो पक्राउ गरेपछि नेपाल बैंकर्स संघको बुधबार बिहान आकस्मिक बैठक बसेको हाे ।

आज बसेको बैठकले पहिलो चरणमा प्रधानमन्त्री, गृहमन्त्री, प्रहरीका उच्चपदस्थ अधिकारीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको संघले जानकारी दिएकाे छ। बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा प्रकियाका बारेमा सिआईबी र प्रहरीलाई जानकारी गराउने समेत निर्णय भएको बताइएकाे छ ।

धितोका बारेमा प्रहरीको बुझाइ गलत भएको हाम्रो निर्णय भएको छ- संघका एक सदस्यले भने, ‘यो विषयमा राष्ट्र बैंकलाई समेत जानकारी गराउने निर्णय भएको छ ।