नेप्सेमा झिनो अंकको गिरावट, २ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा करेक्सन भएको छ । अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ९।३४ अंकले बढेर २००१।६४ विन्दुमा उक्लिएको थियो । अघिल्लो दिनको तुलानामा कुल कारोबारमा सुधार भएपनि उल्लेखनिय बढोत्तरी भने भएको छैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा झरेको छ । नेप्सेमा ०.०४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.६३ अंकले घटेर ३५६.४५ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ७ वटामा रातो लागेको छ । बाँकी रहेका ६ वटामा हरियो लागेको छ । कुल ३०८ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ५१ लाख १५ हजार ६५८ कित्ता सेयरको कारोबारबाट २ अर्ब ३८ करोड १ लाख ९७७ रुपैयाँ ४२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी बिशाल बजार कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै साम्लिङ पावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.६६ प्रतिशतले घटेको छ ।