बैंकिङ्ग क्षेत्रमा धरपकड हुनु अत्यन्त गम्भिर बिषय भएकाे बैक वित्तीय संस्थाहरूकाे छाता संस्थाकाे निष्कर्ष

-



     सफल आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ फागुन । बैक वित्तीय संस्थाहरूकाे छाता संस्था नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले बैंकिङ्ग क्षेत्रमा भएको धरपकडले आतंकित बनाएकाे बताएको छ । बुधबार विज्ञप्ती जारी गर्दै ४ वटा संघले यस्तो बताएका हुन ।

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिजो पक्राउ गरेको घटनालाई लिएर ४ वटा संघले बिराेध जनाएका छन।

नियामक निकायबाट निर्देशित सिदान्तलाइ पुर्ण पालना गर्दै अगाडि बढिरहेको वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुलाइ भय रहित वातावरणको सुनिश्चितताको प्रत्याभूती गराउन सम्बन्धित निकायसँग हामी माग गर्दछौँ’, संघले विज्ञप्तीमा भनेको छ।

बैंकिङ्ग क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको धरपकड एवं पक्राउ बारे समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको र यसबाट यस क्षेत्रका कर्मचारीहरुको मनोवल समेत खस्कन गएकाे हुँदा राज्यका सम्बन्धित निकायहरु यस बिषयमा गम्भिर भईदिन हामी आग्रह गर्दछौं भनी बैक वित्तीय संस्थाहरूकाे छाता संस्था नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघकाे संयुक्त बिज्ञप्तिमा भनिएकाे छ ।