बिहिबार सुनको भाउमा २ सयले बृद्धि, चाँदीको स्थिर

-



     सफल आवाज    
     फागुन १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ २ सयले बढेको तथा चाँदीको भाउ स्थिर रहेको जानकारी गराएको हो ।

छापवाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा नै कारोबार भएको थियो ।