बिहिबार सेयर बजार राताम्मै, २ अर्ब ५९ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ फागुन । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजार राताम्मै भएको छ। राताम्मै भएको सेयर बजारको दृश्यले लगानीकर्ताहरुको मनोबल घटाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा झरेको छ । नेप्सेमा १.४३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.७९ अंकले घटेर ३५१.६५ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । कुल ३०९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँ ८६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ११ करोड १३ लाख १० हजार ३४६ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।