रिडी पावर कम्पनीको हकप्रद सेयरका लागि आवेदन खुल्ला

-



     सफल आवाज    
     फागुन १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ फागुन । रिडी पावर कम्पनीको हकप्रद सेयरका लागि आवेदन खुल्ला भएकाे छ । कम्पनीले १ : ०.५ अनुपात दरले हकप्रद सेयरमा आवेदन खुल्ला गरेकाे हाे । कम्पनीले १ करोड ५४ लाख ८९ हजार १२ कित्ता सेयरको लागि आवेदन खुलाएको बताएकाे छ ।

माघ २१ गतेसम्म दोस्रो बजारबाट सेयर खरिद र होल्ड गरेका लगानीकर्ताले अंकित मूल्य १ सयका दरले हकप्रद सेयरमा आवेदन दिन पाउने भएका छन ।

सो अवधिसम्म आफूसँग भएकाे सेयर कित्ताकाे अाधारमा त्यसकै आधा संख्याका लागि आवेदन दिन सकिने रिडी पावर कम्पनीले जनाएकाे छ ।