सुनको भाउमा ६ सयले बृद्धि, चाँदीको पनि बढ्यो

-



     सफल आवाज    
     फागुन १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ फागुन । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको जानकारी दिएको छ ।

छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।