अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     फागुन १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ३५ पैसा र बिक्रिदर १ सय ३२ रुपैयाँ ९५ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४३ रुपैयाँ १४ र बिक्रीदर १ सय ४३ रुपैयाँ ७९ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ ९८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ १८ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ५० पैसा र बिक्रीदर ९७ रुपैयाँ ९४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ३० पैसा र बिक्रीदर ९८ रुपैयाँ ७४ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः