लाभांश र एफपीओ प्रस्ताव पारित गर्न नेशनल लघुवित्तले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     फागुन २० गते २०८० मा प्रकाशित



काठमाडाैं, २० फागुन । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणकाे प्रस्ताव र थप सार्वजनिक (एफपीओ} निष्काशनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेकाे छ।

कम्पनीले गएकाे आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयररधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न र एफपीओ निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे हाे ।

कम्पनीकाे १०औं साधारण सभा यही चैत्र १६ गते काभ्रेकाे धुलिखेल लज रिसोर्टमा डाकिएकाे छ । सभा बिहान साढे १० बजे बाेलाइएकाे छ।

लघुवित्तकाे साधारण सभाबाट ७.५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि रूपैया ८ करोड १३ लाख १५ हजार ४६६ नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ । साथै रूपैयाँ ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ खुलाउनका लागि हुने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, स्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक र स्वतन्त्र सञ्चालक चयन गर्नेछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने जानकारी गराएकाे छ। यसका लागि सेयरधनीहरूले फागुन २९ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरूले मात्र साधारणा सभा तथा लाभांश पाउनका लागि याेग्य मानिनेछन् ।