
काठमाडौं,२१ फागुन। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बैंकिङ क्षेत्रमा देखिएकाे अराजकतालाई रोक्न नसकिएमा कर्जा प्रवाह बढ्न नसक्ने बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले याे कुरा बताएका हुन् ।
बढ्दै गएकाे बैंकिङ अराजकतालाई सबै मिलेर रोक्न सकेनौ भने कर्जाको माग र कर्जा प्रवाह बढ्ने अवस्था देखिदैन, अधिकारीले भने। यस बिषयमा सबै चनाखाे हुनुपर्ने उनकाे भनाइ थियाे ।
केही ब्यक्ति र समुहकाे स्वार्थ पुर्तिका लागि बैंकका कर्मचारीलाई कुटपिट गर्दै त्रास देखाएर बैंकिङ क्षेत्रलाइ नै धरासायी बनाउन खोज्नु अत्यन्त निन्दनीय कार्य भएकाे अधिकारीको भनाई थियाे ।
आफ्नो निहित स्वार्थ र उद्देश्य प्राप्ति गर्न बैंक बित्तिय संस्था र नियामक निकायलाई नै कमजाेर बनाउन क्रमगत रूपमा आक्रमण भईरहेको बताउदै गभर्नर अधिकारीले समग्र अर्थतन्त्र कमजाेर बनाएर स्वार्थपूर्ती गर्न बिभिन्न गिराेह लागिरहेकाेले सबैलाइ यस बिषयमा सचेत हुन अनुराेध गरेका थिए । याे गहन विषयमा प्रधानमन्त्री, मन्त्री र सचिवहरुसँग समेत अाफुले छलफल गरिरहेको गभर्नर अधिकारीले बताएका थिए ।
नेपालका बैंकहरूसँग हाल ६ खर्ब बराबरकाे लगानीयाेग्य रकम रहेको गभर्नर अधिकारीले बताए। तर कर्जाको गुणस्तर भने केही खस्केको उनले स्विकारे। ऋण नतिरे पनि हुन्छ भन्ने हल्ला फैलाएर समग्र बित्तिय क्षेत्रमा नै असर परेको भन्दै गभर्नर अधिकारीले चिन्ता ब्यक्त गरे ।
नेपाल राष्ट्र बैंकको नियमन तथा निर्देशन अन्तराष्ट्रिय स्तरकाे भएको र केन्द्रीय बैकले निरन्तर निगरानी गरिरहेकाले नेपालका बैंकहरु सबल,सक्षम र सुरक्षित रहेको गभर्नर अधिकारीले बताएका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




