सिंगटी हाइड्रोको हकप्रदमा मंगलबारसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित



काठमाडाैं, २१ फागुन । सिंगटी हाइड्रो इनर्जीले बिक्रीमा ल्याएकाे हकप्रद सेयरमा फागुन २२ गते मंगलबारसम्म आवेदन दिन सकिने भएकाे छ । कम्पनीले शत प्रतिशत हकप्रद खुलाएकाे हाे।

कम्पनीले हाल कायम रहेकाे १ बराबर नयाँ १ कित्ता सेयर खुलाएकाे हाे । कम्पनीले रूपैयाँ १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड ४५ लाख कित्ता हकप्रद खुलाएकाे हाे ।

आजसम्म हकप्रद सेयरमा ६७ हजार १५५ जनाले २५ लाख ४ हजार ८९९ कित्ताका लागि आवेदन पेश गरेका छन्।

हकप्रद निष्काशनकाे प्रयोजनका लागि पुस २२ गते बुकक्लोज गरिएकाे थियो। लगानीका लागि सेयरधनीहरूले पुस १९ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

हकप्रद सेयरमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले कुमारी क्यापिटल, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखाहरूबाट आवेदन दिन पाउनेछन्।

यस्तै सेबाेनबाट अनुमति लिएका सि आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो सेयर अनलाइनबाट आवेदन दिन पाइने छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।