सोमबार सुनचाँदी स्थिर भाउमा काराेबार हुँदै

-



     सफल आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदी दुबैमा भाउमा फेरबदल नभई आईतबारकै भाउ कायम गरिएको छ ।

यसदिन छापावाल सुन तोलाको रुपैयाँ १ लाख २१ हजारमा कारोबार भईरहेको छ । यसअघि आईतबार पपनि छापावाल सुन तोलाको १ लाख २१ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको १ लाख २० हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रहेर आज तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेकोको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।