प्रचण्ड र ओलीले दुई दुई वर्ष सरकारकाे नेतृत्व गर्ने

-



     सफल आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित



काठमाडाैं, २१ फागुन। एक वर्षपछि पुन: गठबन्धनमा जाेडिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई दुई वर्ष सरकारकाे नेतृत्व गर्ने सहमित भएकाे छ। अर्थात सरकारकाे बाँकी रहेकाे कार्यकाल दुबैले आधा-आधा गरेर सरकार चलाउने सहमति गरेका हुन्।

गएकाे वर्ष पुस १० गते नकेपा माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिएभने उक्त समयमा पनि दुबैबीच बराबर अवधि सरकार चलाउने विषयमा सहमति भएकाे थियाे। तर उनीहरूबीचकाे सहमति दुई महिनामा नै ताेडिएर प्रचण्ड कांग्रेसंग गठबन्धन गरेका थिए।

कांग्रेसले भनेकाे नमानेकाे, अर्थ तथा राष्ट्रिय सभा अध्यक्षका लागि मरिहत्ते गरेकाेले सरकार चलाउन गाह्राे भएकाे भन्दै एमालेसंग फेरि एक वर्षपछि नयाँ गरेर प्रचण्डले सरकारकाे नेतृत्व गर्न लागेका हुन्।

एकाएक प्रचण्ड र ओलीबीच गठबन्धन भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे प्रधानमन्त्री बन्ने रेस भने राेकिएकाे छ ।