१८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक

-



     सफल आवाज    
     फागुन २२ गते २०८० मा प्रकाशित



काठमाण्डौ, २२ फागुन। कुमारी बैंकले संस्थापक समूहको केहि सेयर बिक्री गर्न लागेको छ। बैंकले हाल संस्थापक सेयरधनीको नाममा रहेको १८ हजार १ सय ८० कित्ता सेयर बिक्री गर्न लागेकाे हाे। सेयर खरिदका लागि पहिलाे चरणमा संस्थापक सेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन सक्ने बैकले जनाएकाे छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कुमारी क्यापिटल तथा कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बताइएको छ ।  

तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने थप प्रक्रिया अगाडि बढाइने बैंकले जानकारी दिएकाे छ ।