सिंगटी हाइड्रोको १ अर्ब ४५ करोड बराबरको हकप्रदमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     फागुन २२ गते २०८० मा प्रकाशित



काठमाडाैं, २२ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १ अर्ब ४५ करोड रूपैया बराबरको हकप्रद सेयरका लागि आजसम्म आवेदन दिन सकिने भएकाे छ । कम्पनीले गत फागुन २ गतेदेखि हकप्रद निष्कासन गरेको थियाे।  

कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री आवेदन खुलाएको थियाे। कम्पनीले १ अर्ब ४५ करोड बराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख  कित्ता हकप्रद निष्कासन गरेको बताइएकाे छ ।  

लगानीकर्ताले यसका लागि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट समेत अनलाइन आवेदन सकिनेछ।  

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको बिक्री प्रबन्धक कुमारी  क्यापिटल ,कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने जनाइएकाे छ।