पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     फागुन २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ फागुन । सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

इन्स्याेरेन्सले आफ्नो स्वामित्वमा रहेको पुनर्बिमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता तथा नागरिक लगानी कोषको २ लाख ३९ हजार ३७ कित्ता फागुन १८ गतेदेखि  लिलामी बिक्रीमा ल्याएको हाे । 

सेयर खरिद गर्न चाहने लगानीकर्ताले दुवै कम्पनीको सेयरमा घटीमा रुपैयाँ २८० दर राखेर आवेदन दिन पाउनेछन् । पुनर्बिमा कम्पनीको सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले आवेदन दिन पाउनेछन् ।

नागरिक लगानी कोषको सेयरका लागि बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन पाउने भएकाछन्। लगानीकर्ताहरुले लिलामी सेयरमा एनएमबि क्यापिटल बालुवाटारमा आवेदन दिन सक्नेछन्।