सुन तोलाको १ लाख २३ हजार पुग्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     फागुन २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार र चाँदीमा रुपैयाँ ३५ ले भाउ बढेको जानकारी दिएकाे हो ।

छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख २३ हजारमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले बढेर तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।