सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, चाँदीको घट्यो

-



     सफल आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ फागुन । सुनको भाउ उकालो लाग्ने क्रम रोकिएको छैन । भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ रुपैयाँ ५ सयले बढेको हो । चाँदीको भाउमा रुपैयाँ ५ गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ ।

यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनमा रुपैयाँ २ हजारले बढेको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा रुपैयाँ ५ ले गिरावट भई तोलाको १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।