सिटिजन्स बैंकको संस्थापक सेयर १ सय ५ रुपैयाँमै किन्न पाइने

-



     सफल आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित



काठमाडाैं, २३ फागुन। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको केही सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार २ सय ३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको बैकले जनाएकाे छ ।

उक्त सेयर खरिद गर्न बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्ने बताइएकाे छ । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १ सय ५ रुपैयाँ तोकिएको छ ।

सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय काठमाडाैंमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।