
काठमाडौं, २३ फागुन । काँग्रेसकाे साथ छाेडेर नयाँ बनेकाे चार दलिय सत्ता गठबन्धनले १९ वटा मन्त्रालयको टुङ्गो लगाएको छ । गठबन्धनले २ राज्यमन्त्री र ६ वटा मन्त्रालयकाे भाग टुङ्ग्याउने कसरत गरिरहेकाे छ ।
गठबन्धनले नेकपा एमालेलाई ८ वटा मन्त्रालय दिएकाे छ । नेकपा माओवादी केन्द्रलाई ५ वटा, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ वटा र जसपालाई २ मन्त्रालय दिएकाे छ ।
माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन रहेका छन् । माओवादीले परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठलाइ पठाउने भएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहमन्त्रीमा रवि लामिछानेलाई दिइएकाे छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट तीन जना मन्त्रीहरुमा उपसभापति डीपी अर्याल श्रममन्त्री, विराजभक्त श्रेष्ठलाइ खेलकुदमन्त्री र सहमहामन्त्री सुमना श्रेष्ठलाइ शिक्षामन्त्रीको जिम्मेवारी दिइने भएकाे छ ।
नेकपा एमालेबाट रघुवीर महासेठ उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री बन्ने भएका छन् । एमाले महासेठकै अगुवाइमा सरकारकाे नेतृत्वमा जाने स्थिति देखिएकाे छ । ८ वटा मन्त्रालय पाउने भनिए पनि नामकाे टुङ्गो लागेकाे छैन । यसअघि शुरुमा पदम गिरीले मन्त्रीकाे सपथ लिएकाे भएपनि जिम्मेवारी पाएका छैनन् । जसपाले मन्त्रीहरु बन्नेकाे नाम तय गर्दैछ ।
नाम पठाउन बाँकी रहेका तीनवटै दलहरुले नाम पठाएकाे खण्डमा अपरान्ह ५ बजे मन्त्रीहरुकाे सपथ गराइने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




