नेप्सेमा ९.३३ अंको बृद्धि, ३ अर्ब ४५ करोडको कारोबार

- कारोबारमा सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेड अब्बल

-



     सफल आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ । यसले लगानीकर्ताकाे मनाेबल बढेकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.०६ अंकले बढेर ३५८.३७ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० उपसमूहहरुमा हरियो लागेको छ । कुल ३०८ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ९१ लख ३८ हजार १५४ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३३ करोड ३७ लाख ७८ लाख ७८ हजार ८०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै भन्दा धेरै दोल्ति पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.७१ प्रतिशतले घटेको छ ।