नयाँ सत्ता गठबन्धनका मन्त्रीहरूको शपथ आजै (सूचीसहित)

-



     सफल आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ फागुन । नयाँ सत्ता गठबन्धनमा रहेका दलहरूले मन्त्रालयकाे टुंगो लगाएका छन् । नाम सिफारिस भएका नयाँ मन्त्रीहरूले अपराह्न ५ बजे शपथ लिने भनिए पनि केहि पछि सरेकाे छ ।

अहिलेसम्म १७ मन्त्रीहरुकाे नाम तय भइसकेकाे छ भने जसपाले २ मन्त्रीकाे नाम तय गर्दैछ । सरकारमा जाने मन्त्रीहरूको नामकाे टुंगो लागेका सबैकाे अपराह्न ५ बजे ग्रहण हुने भनिए पनि पछि सरेकाे हाे ।

नेकपा एमालेकाे भागमा ८ वटा मन्त्रालय पारेका छन्। माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएकाे छ ।गठबन्धनमा रहेकाे अर्काे पार्टी जसपाका दुइ मन्त्रीकाे नाम भने तय भएकाे छैन ।

उता नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारमा जाने बताएकाे छ । साे पार्टीले मन्त्रीकाे नाम तय गरिसकेकाे छैन । समाजवादीले दुई मन्त्रालय पाउने भएकाे छ ।

यी हुन् दलहरुले पठाएका मन्त्री हुनेहरुकाे नामावली

नेकपा एमालेका ८ जना

१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री २. राजेन्द्रकुमार राई, भूमि व्यवस्था तथा सहकारी मन्त्री ३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ४. बलराम अधिकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, हेरफेर हुन सक्ने ५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री ६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ७. हरि उप्रेती, रक्षा मन्त्री ८. ज्वालाकुमारी साह, कृषि मन्त्री रहेकी छन् ।

नेकपा (माओवादी केन्द्र) का ५ जना

१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री २. वर्षमान पुन, अर्थमन्त्री ३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री ४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना

१. रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री २. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री ३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री ४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका छन् ।