रुचाएकाे गृहमन्त्रालय नपाएपछि पाैडेल मन्त्री बन्न अनिच्छुक

-



     सफल आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ फागुन । नयाँ सत्ता गठबन्धन भएपछि अर्थमन्त्रीको रुपमा चर्चामा रहेकाे नाम एमाले उपाध्यक्ष विष्णु पौडेलकेा पनि हाे । उनी पूर्व अर्थमन्त्री पनि हुन् । उनकाे साथमा माओवादीबाट वर्षमान पुन र रास्वपाका स्वर्णिम वाग्लेकाे नाम आएकाे थियाे ।

तर माओवादीले अर्थ नछाेड्ने र गृह रास्वपाले नछाेड्ने भएपछि पाैडेलकाे पाेल्टामा दुबै रुचिका पल नपरेपछि उनले अरु मन्त्रालयकाे जिम्मेवारी अस्वीकार गरेका छ्न् ।

तर गठबन्धनका शिर्ष नेताहरुले पौडेललाई मन्त्री बनाउने प्रयास गरिरहेका बताइएकाे छ । पौडेलले आफुले काम गर्नसक्ने र रुचाएकाे मन्त्रालय पाएकाे खण्डमा कामकाे नतिजा निकाल्न सकिने दावि गरे । अरु रुचिका मन्त्रालय नभएकाेले परिणाम पनि गतिलाे नहुने उनकाे तर्क छ।

पौडेल मन्त्री नहुने भएपछि एमाले सचिव रघुविर महासेठकाे अगुवाइमा सरकारमा गएकाे छ । पाैडेल र अरुभन्दा जुनियरलाइ नै सरकारमा अगुवाइ किन गराइयाे भन्ने विषय एमाले बृत्तमा चर्चाकाे विषय बनेकाे छ ।