नवनियुक्त मन्त्रीहरूले लिए शपथ, कस्ले कुन मन्त्रालय पाए ? (सूचीसहित)

-



     सफल आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित



काठमाडाैं, २३ फागुन । नयाँ बनेकाे गठबन्धन नवनियुक्त १९ जना मन्त्रीहरूले आज बेलुकी शपथ लिएका छन्। उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ गराएका हुन्।

पुनर्गठित नयाँ मन्त्रिपरिषदमा एमालेका सचिव रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन्। उनले सरकारमा एमालेको नेतृत्व गरेका छन्। 

नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयताकाे उपप्रधानमन्त्री बनेका छन्। यसअघि उनी गृहमन्त्री थिए । उनले पराराष्ट्र मन्त्रीको शपथ लिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएका छन्। उनकाे याे गृहमा दाेश्राे पटककाे पदार्पण हाे । गएकाे वर्ष मन्त्री भएकाे एक महिनामै गृहबाट बाहिरिनु परेकाे थियाे । सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले मन्त्रीहरूकाे नाम पठाएकाे छैन। 

एमालेका मन्त्रीहरू

१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, २. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री, ३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री ५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री ६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ७. हरि उप्रेती, रक्षा मन्त्री र ८. ज्वालाकुमारी साह, कृषि मन्त्री रहेका छन् ।

नेकपा (माओवादी केन्द्र)

१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री, २. वर्षमान पुन, अर्थ मन्त्री, ३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, ४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री, ५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी

१. रवि लामिछाने, उपप्रधान तथा गृह मन्त्री, २. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, ३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री, ४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका छन् ।

नेकपा एकीकृत समाजवादी

१. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री २. धनबहादुर बुढा, सहरी विकास मन्त्री 

प्रतिनिधि सभामा नेकपा एमालेका ७८ जना सांसद रहेका छन् । नेकपा माओवादी केन्द्रसंग ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन्। याे संख्यासँगै प्रचण्ड नेतृत्वको सरकार बहुमतमा देखिएकाे छ।