अमेरिकी डलरको भाउ घट्यो, यूरोसहित अन्यको बड्यो

-



     सफल आवाज    
     फागुन २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ २२ पैसा र बिक्रिदर १ सय ३२ रुपैयाँ ८२ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ४२ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ९८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ १ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः